मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । 

नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए । त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुची दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे । तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामा¨ले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देबुसँगै आत्मरक्षासम्बन्धि प्रशिक्षण गराएका थिए । 

नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपुर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले नेपाल ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिवद्धता जनाए । स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुची जगाउन नेपाल ओलम्पियन एसोसियसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरेको हो । 

यसैक्रमा एसोसियसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै एक लाख बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ । एसोसियसनका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए । महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले स्वागत गर्ने क्रममा ओलम्पियन खेलाडीहरुको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको चर्चा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार