मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

माग घट्दा रुपन्देहीमा ७५ प्रतिशत ईट्टा उद्योग बन्द हुने अवश्थामा

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

भैरहवा । बजारमा न्यून मागको कारण रुपन्देहीको ईट्टा उद्योग धराशायी हुने अवश्थामा पुगेको भन्दै उद्योगीहरुले सरकार गुहारेका छन् । बैंकको चर्को ब्याज, स्थानिय तहहरुको मनपरी तरिकाको कर, कच्चा पदार्थको अभाव लगायतको समस्याले पनि यो ब्यवसाय धरापमा परेको उद्योगीहरुले गुनासो गरेका छन् । 

लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै ब्यवसाय जोगाउन सरकार गुहारेका छन् । संघका अध्यक्ष अजय कुमार गुप्ताले पुस महिनामा पनि उद्योगीहरु निराश हुनुपरेको बताए । “यो हाम्रो मूख्य कारोबारको समय हो, ईट्टा भट्टामा इट्टा हालेर आगो लगाउनुपर्ने मूख्य समय हो ।” उनले भने  “तर अहिले २÷३ वटा उद्योगहरु बाहेक अन्य सबै उद्योगहरु उत्पादन नगर्ने मनसायमा रहेका छौं ।”

गुप्ताले रुपन्देहीमा रहेको ५२ वटा ईट्टा उद्योग मध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसक्ने बताए । जिल्लामा करिब ८ करोड गोटा मात्र ईट्टा मौजदात रहेका छन् । यस पटक रुपन्देहीको हिरो इट्टा उद्योग, एभरेष्ट इट्टा उद्योग र जेएम इट्टा उद्योगले मात्र उत्पादनको लागि प्रक्रिय सुरु गरेको उनले जानकारी दिए ।  

लामो समय सम्म तराइमा घाम नलागेको कारण उत्पादन गर्न सुरसार गर्ने उद्योगहरुले पनि उत्पादन गर्न नपाएको गुप्ताको भनाई छ । चलेको इट्टा उद्योगहरु पनि ५० प्रतिशत भन्दा कम उत्पादन गर्ने अवश्था रहेको उनको जिकिर छ । “यसको प्रमुख कारण बजारमा माग नहुनु नै हो ।” गुप्ताले भने  “देशको आर्थिक मन्दीको कारण अहिले आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन, जसले माग घटाएको छ ।”

संघका अध्यक्ष गुप्ताले यसले समग्र उद्योगीहरुको आर्थिक चक्र नै प्रभावित बनेको बताए ।  उद्योगहरु धराशायी बनेको अवश्थामा बैंक ब्याज तिर्न नसकेको उनको भनाई छ । यस्तै सरकारले निर्माण ब्यवसायीहरुको रकम भुक्तानी नगरेको कारण बिक्रि भएको रकम पनि असुल हुन सकेको छैन । “यस्तो अवश्थामा मूल्य अभिवृद्धि कर लगायत बुझाउन सकिएको छैन, नतिजा त्यहा पनि हर्जाना बुझाउनु परेको छ ।” गुप्ताले भने “यस्तो अवश्थामा स्थानिय तहहरुले माटो लगायतमा पनि रोयल्टी बढाएको छ, यस्तै भए हामी कसरी उद्योग चलाउने ?”

उनले अहिलेको अवश्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानिय तहहरुले बढाएको बिभिन्न कर हटाईदिन आग्रह गरे । 

संघका महासचिव दिपक पौडेलले भएको मौज्दात ईट्टाहरु बैंकहरुको दबाबको कारण सस्तोमै बेच्नु परिरहेको बताए । उनले भने “८ देखि १० वटा ईट्टा उद्योगहरु लिलामीमा चढेको अवश्था छ ।” 

रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् । 

प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको अधिकारीले बताए । 

ब्यवसायीहरुले काँचो ईट्टाको बिमा बारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले ब्यवसायी मारमा परिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार