मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

सर्लाही ४ मा कांग्रेसका गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह विजयी

Ujyalosandeshonline 11084+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फराकिलो मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न अन्तिम मतपरिणामअनुसार विजयी सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले २२ हजार ८३८ मत पाए । यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै रास्वपाका सिंहले लगातार अग्रता कायम गरेका थिए ।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् । त्यसैगरी, जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १ हजार ५७२ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनिश राय यादवले १ हजार ४०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख २१ हजार १२ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार