मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
१० पौष २०८१, बुधवार

कैलाली । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी  भएका थिए । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८५ किमि प्रति लिटरको प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो स्थानमा रहेका थिए भने ८४ किमि प्रति लिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए ।

उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ ।  

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताउनुभयो । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै