मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सिद्धार्थनगरले ५६ वर्ष पछि पहिलो पटक मनायो स्थापना दिवस

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ माघ २०८०, सोमबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलो पटक विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । वि.स २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । 

तत्कालिन श्री ५ को सरकारद्धारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।

दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरवासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ भने नगरवासीहरुलाई साँझ दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलो पटक दिवस मनाउन पाएको खुशी व्यक्त गर्दै नगरवासीहरुलाई शुभकामना दिए । उनले माघ २२ गते नगरवासीहरुका लागि ऐतिहासिक दिन भएकोले साँझ घरघरमा दीप प्रज्वलन लगायत कार्यक्रम गरेर स्थापना दिवस मनाउन आग्रह गरे ।

उनले नगरलाई पर्यटकीय नगरको रुपमा विकास गरिने बताए । नगर विकासका लागि आफुहरु आएकोले क्रमशः प्राथमिकताका आधारमा विकासका कार्य गर्दै जाने उनको भनाई छ । 

त्यस्तै जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगर क्षेत्रको विकासको लागि विधी र शासनको पालना गर्नुपर्ने विषयमा जोड दिए । उनले नगरका जनप्रतिनिधीहरुले राम्रो कार्य गरिरहेको बताउँदै अझै कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताइन् । स्थानीय सरकार नजिकको सरकार भएतापनि हातेमालो गरेर अघि बढे मात्र विकास लगायतका कार्य सम्भव हुने उनको भनाई छ ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पुरानो पालिकाको मध्यको सिद्धार्थनगर नगरपालिकाले विकासको गतिमा धेरै फड्को मारेको भन्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिद्धार्थनगर मुलुकको सुन्दर नगरपालिका बन्न सक्ने क्षमता भएको कारण ठूलो योजना भन्दा पनि नगर क्षेत्र भित्र रहेका योजनाहरुलाई सफल बनाउन लाग्नु पर्ने धारणा राखे ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले नगरको विकासको लागि निजी संस्थाले गर्नुपर्ने काममा सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ लगायत वक्ताहरुले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै नगरलाई पर्यटकीय सहर बनाउने गरी अगाडी बढ्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार