मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


नेपाल त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा, पीएनजी ८५ रनले पराजित

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो ।  

मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ गरेका थिए । यो  जोडीले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । 

विकेट किपर ब्याटर भण्डारीले २२ बलमा २७ रन बनाउँदा एक छक्का र दुई चौका प्रहार गरेका थिए । तर, क्रिजमा आएका कप्तान रोहित पौडेल भने फ्लप भए । उनले चार बल फेस गर्दा एक रन बनाएर पभेलियन फर्किएपछि नेपालले ८.१ ओभरमा ६५ रन हुँदा दोस्रो विकेट गुमेको थियो । 

यसैगरी आरिफ शेखको ब्याट पनि शान्त रह्यो । उनले सात बल फेस गर्दा एक चौकाको मद्दतले चार रन जोडेर तेस्रो विकेटको रुपमा ९.३ ओभरमा ७० रन हुँदा पभेलियन फर्किए । ओपनर कुशल भुर्तेलसँग सन्दीप जोराले साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए । नेपालको स्कोर १४.३ ओभरमा १२० रन पुगेका बेला कुशल व्यक्तिगत ५९ रनको अर्धशतकीय पारि खेल्दै पभेलियन फर्किए । 

उनले चार छक्का र चार चौका प्रहार गरेका थिए । आक्रामक पारि खेलेका सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रन जोडेर आउट भएका थिए । सन्दीप आउट हुँदा नेपालले १७.५ ओभरमा १६० रन बनाएको थियो । छैटौं विकेटको रुप्मा लोकेश बम रनआउट भएका थिए । उनले छ बल फेस गर्दा दुई छक्काको मद्दतले १४ रन बनाएका थिए । 

गुलसन झा र विवेक यादवले नेपालको स्कोर दुई सय नजिक लगेका थिए । झाले ज्ञद्द बलमा १५ रन बनाउँदा एक छक्का प्रहार गरेका थिए भने विवेक यादवले चार बलमा १९ रनको आक्रमक पारि खेले । उनले तीन छक्का प्रहार गर्दा नेपालले निर्धारित ओभरमा छ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

पीएनजीका लागि असद भालाले दुई विकेट लिँदा नोसिना पोकाना, जोन कारिको र नोरमान भानुवाले एक एक विकेट लिए ।

१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको पीएनजी १६.१ ओभरमा ११३ रनमा रोकिए पछि नेपाल ८५ रनले विजयी भयो ।

नेपालविरुद्ध पीएनजीले सुरुआत भने मध्यम गरेको थियो । तीन ओभरमा ३२ रन जोडेको पीएनजीले पहिलो विकेट खेर फालेको थियो । टोनी उराले छ बलमा १३ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटको रुपमा सेसे बोउले १३ बलमा २१ रनको पारि खेलेर रन आउट भए । उनले एक छक्का र दुई चौका प्रहार गरे । उनलाई गुलसन झाले रनआउट गराएका थिए ।  कप्तान असद भाला धेरै बेर टिकेनन् । उनले ११ बलमा नौं रन बनाउँदा एक चौका प्रहार गरेका थिए । त्यसपछि हिरि हिरिले पारि सम्हाल्ने प्रयास गरे पनि ८.२ ओभरमा ७३ रन हुँदा पीएनजीले चौथो विकेट गुमाउन पुग्यो । 

उनले १९ बलमा दुई छक्का र एक चौकाको मद्दतले २८ रन बनाए । पाँचौं विकेटको रुपमा चार्लेस एमिनी नौं बलमा नौं रनको पारि खेलेर आउट भएका थिए । यस्तै, लिगा साका ११.१ र नोरमान भानुवा ११.२ ओभरमा खाता नखोली कुशल भुर्तेलले आउट गरेपछि पीएनजी दबाबमा आएका थिए । 

१४ औं ओभरमा १०२ रन पुग्दा पीएनजीले आठौं विकेट गुमाएको थियो । पीएनजीका किपलिन डोरिगा आठ रन बनाएर आउट भएका थिए । पीएनजीले ११२ रनमा नवौं विकेट गुमाएको थियो ।

नवौं विकेटको रुप्मा नोसिना पोकाना १० बलमा १२ रन बनाएर आउट भए । उनले एक छक्का प्रहार गरेका थिए ।  अन्तिम विकेटको रुपमा जोन कारिको दुई रन बनाएर रन आउट भए ।  

नेपालका कुशल भुर्तेलले चार ओभर बलिङ गर्दा १२ रन खर्चिएर चार विकेट लिए । यस्तै, प्रतिश जिसी भने महँगो सावित भए । उनले चार ओभरमा ४० रन खर्चिएर दुई विकेट हात पारेका थिए । आकाश चन्दले तीन ओभरमा १६ रन खर्चिएर एक विकेट लिँदा, करण केसीले दुई ओभरमा २४ रन खर्चिए । रोहित पौडेलले दुई ओभरमा १२ रन खर्चिएका थिए । गुलसन झाले एक ओभरमा सात रन खर्चिएर एक विकेट हात पारे ।

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत मंगलबार (आजै) पीएनजी र हङकङबीच प्रतिस्पर्धा हुने छ । उक्त खेलको विजेताले उपाधिका लागि बुधबार नेपालसँग खेल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार