मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

Ujyalosandeshonline 11086+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरु स्वास्थ्य संकटमा परेका छन् । तसर्थ श्रमिकको शिघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित वेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले बिषेश गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरुमा स्वास्थय मन्त्रालय अन्र्तगत रहेको  अस्पतालमा, स्वास्थ विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरुमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित संख्यामा बेडहरु छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरुमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरुलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरुलाई उपचार लगायतका विषयहरुमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अपस्तालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।

नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिव ७० लाख श्रमिकहरु कार्यरत छन् । यसका साथै वार्षिक सात लाख भन्दा बढी संख्यामा श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार