मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ ।

जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पु¥याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो । 

कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना ग¥यो । 

‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ ।’

पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक छ । यसो नहुँदा स्तरीय उत्पादनका लागि पूर्खाले प्रयोग गरेको सिप थाहा हुँदैन । उनले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए । 

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी थिए । 

उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिए ।

महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । उनीहरुले धारणा राख्दै भने, ‘सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’

छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले, स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ । यस्तो उत्पादन बेचविखन गर्न भने पाइँदैन । ‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ ।’

समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका बस्तुको मात्र अध्ययन हुनेछ । कार्यक्रमका बारेमा जानकारी दिँदै स्मार्टसिटी विज्ञ बिज्ञान घिमिरे भने, ‘पेय पदार्थ उत्पादन गर्ने तरिका, समय, उत्पादनका लागि प्रयोग गरिने भाँडाकुँडा, ताप तथा उर्जा, कच्चा पदार्थ, उत्पादित बस्तुको भण्डारण, प्रयोगको मात्रा, उपभोक्तालगायतका विषयमा अध्ययन हुनेछ । यसका लागि गुथिहरुको पेय पदार्थ उत्पादन गर्ने ठाउँमा गएर विधिको अध्ययन हुनेछ । नमूना संकलन गरेर मात्राको तथा गुणको परीक्षण गरिनेछ ।’ 

व्राण्डिङ्को कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन कुन प्रयोजन (शुभ कार्य, औषधि, पिउन) का लागि ब्राण्डिङ् गर्न सकिन्छ भन्ने थाहा हुनेछ । यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिनेछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार