मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

रौतहट । यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि  मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ ।यातायात सम्वन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रुपमा सेवा पाउन थालेपछि राजस्व संकलन वृद्धि भएको उनले उल्लेख गरेका छन् । 

चालु आर्थिक वर्ष २०८१।८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उनले जानकारी दिए । कार्यलय प्रमुख दासका अनुसार अनुमति पत्र पास (नयाँ) शीर्षकमा—१ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ)बाट—८३ लाख ७६ हजार, पटके शीर्षकमा—३९ लाख ९२ हजार ४०, दर्ता –थप) बाट—३३ लाख ६२ हजार, नवीकरण शीर्षकमा—२७ लाख १६ हजार, त्यसैगरी अन्य विविध शुल्क तथा अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय राजस्व आम्दानी भएको हो ।

अहिले यातायात सम्वन्धी हरेक किसिमका काम कलैया कार्यालयबाट हुने भएपछि कम खर्चमा सहज तरिकाले सेवा पाउन थालेपछि सेवाग्राही खुसी भएका हुन् । विशेष गरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । कलैयामा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानीयहरु बताउँछन् ।  मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार