मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

अर्घाखाँचीको नरपानीमा प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीन आचार्यको प्रतिबद्धता: शान्ति सुरक्षाका लागि सबैको सहकार्य आवश्यक"

अनिल नेपाली 141+ समाचार ( )
४ अशोज २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीको नरपानी प्रहरी चौकीमा नयाँ सरुवा भई आउनुभएका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीन आचार्यले शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय जनप्रतिनिधि, व्यवसायी र समाजसेवीहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले सुपादेउराली नरपानी क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँदै, प्रहरी जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। आचार्यले चोरी, तस्करी, लुटपाट, मानव बेचबिखन र लागुपदार्थ दुर्व्यसनीजस्ता आपराधिक घटनाहरू रोक्न स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्री र वडा नं. ७ का अध्यक्ष चुरा ब. केसीले पनि शान्ति सुरक्षा कायम गर्न सबैको सामाजिक उत्तरदायित्व र सहकार्यमा जोड दिनुभयो। कार्यक्रममा पूर्व जनप्रतिनिधि, वडा सदस्य, समाजसेवी, बुद्धिजीवी र स्थानीय व्यवसायी लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार