मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा मर्चवारमा बृहत् मोतियाबिन्दु शिविर

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो दशौँ स्थापना दिवसको अवसरमा रूपन्देहीको मर्चवार क्षेत्रमा बृहत् निःशुल्क आँखा जाँच, मोतियाबिन्दु तथा शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ।

क्लबका अध्यक्ष विष्णु शर्माका अनुसार, सन् २०१६ मा स्थापना भएको यस क्लबले समुदायमा दृष्टिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यका साथ मंसिर २० गते कोटहीमाई गाउँपालिका वडा नं. ५, मझगावामा शिविर सञ्चालन गर्न लागेको हो।

आयोजकले यस शिविरमार्फत न्यूनतम २५० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ। मर्चवार क्षेत्रमा लक्ष्य अनुरूप बिरामी फेला नपरे अन्य स्थानमा समेत शिविर विस्तार गरिने क्लबले जनाएको छ।

शिविर सञ्चालनका लागि कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी माई गाउँपालिकाको सहयोग लिइनेछ भने एभरेस्ट बैंक सह प्रायोजकको रुपमा रहेको छ । शिविरमा लुम्बिनी नेत्रालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

शिविरबारे जानकारी दिँदै लुम्बिनी नेत्रालयका डा. हिरा शाहले लुम्बिनी प्रदेशमा ३० हजारभन्दा बढी मानिस मोतियाबिन्दुबाट प्रभावित रहेको र लुम्बिनी आसपासका क्षेत्रमा बिरामीको सङ्ख्या अझ बढी रहेको बताए । मोतियाबिन्दु बाहेक जलविन्दु, मधुमेह र उच्च रक्तचापका कारण आँखाका बिरामीहरूको समेत उपचार गर्ने योजना रहेको उनले जानकारी दिए।

डा. शाहका अनुसार, शिविरमा नयाँ प्रविधिअनुसार 'टपिकल फेको' विधिबाट शल्यक्रिया गरिनेछ। यो विधिमा १० देखि १२ मिनेटभित्र शल्यक्रिया सम्पन्न भई बिरामी आधा घण्टाभित्र घर फर्कन सक्नेछन्। बाहिर गर्दा करिब रु. १२ हजारभन्दा बढी रकम लाग्ने यो शल्यक्रिया शिविरमा पूर्णतः निःशुल्क गरिनेछ। ।

निशुल्क रुपमा हुने उक्त शिविरमा बढी भन्दा बढी सहभागी गराउन रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आग्रह गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार