भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई २०६ रनको लक्ष्य दिएको छ ।
भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोज्दै कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउदै २०५ रन बनाएको छ । कर्णालीका लागि दिपेन्द्र रावतले ६६ रन, अर्जुन घर्तिले ५६ रन बनाए । यसै गरि सुनिल धमलाले १९ रन र दिनेश अधिकारीले १६ रन बनाए ।
बलिङमा लुम्बिनी प्रदेशका रमेश कुर्मीले ३ विकेट, निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान २÷२ विकेट लिए ।
यसै गरि बिहिबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई प्रतियोगिताको अहिले सम्मकै बढी २९८ रनको लक्ष्य दिएको छ । रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङको निर्णय गरेको पुलिसले ८ विकेटको क्षतिमा २९६ रन बनाएको छ । पुलिसका लागि कुशल भुर्तेलले ८८ रन, दिपेन्द्र सिंह ऐरीले ६० रन र अमित श्रेष्ठले ४८ रन बनाएका छन् ।
बलिङमा प्रतिश जिसीले ३ विकेट लिए भने रिजन ढकाल, इशान पाण्डे, शंकर गजुरेल र विपिन आचार्यले समान १÷१ विकेट लिए ।