मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रियाशा र अन्शिकाको सफलता

Ujyalosandeshonline 11086+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

भैरहवा । थाइल्यान्डमा सम्पन्न भएको आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गरेको छ । यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रूपन्देहीका दुई प्रतिभाशाली खेलाडी रियाशा यादव र अन्शिका यादवले सफलता प्राप्त गरेका छन् । 

प्रतियोगितामा रियाशाले दुई विधामा पदक जित्न सफल भइन् । उनले गेरोगी ( विधाको ४४ केजीमुनि तौल समूहमा रजत पदक जितेकी छन् । यसैगरी, १२ देखि १४ वर्ष उमेर समूहको पुम्से विधामा उनले कास्य पदक हात पारिन् ।

त्यसैगरी, अर्की खेलाडी अन्शिकाले पनि उत्कृष्ट प्रदर्शन गर्दै १७ वर्षमुनि पुम्से विधामा रजत पदक जितिन् जितेको प्रशिक्षक राकेश यादवले जानकारी दिए । प्रतियोगितामा २७ राष्ट्रका ३ सय बढी खेलाडीहरुको सहभागीता रहेको उनले बताए । “यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको सफलताले भविष्यमा अन्य युवा खेलाडीहरूलाई पनि तेक्वान्दो खेलमा लाग्न प्रोत्साहन मिल्नेछ ।” प्रशिक्षक यादवले भने “रियाशा र अन्शिकाको यो जीतले नेपालको राष्ट्रिय गौरव बढाएको छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली तेक्वान्दोको पहिचानलाई थप उचाइमा पुर्‍याएको छ ।”

विजयी दुबै जना खेलाडी भैरहवामा रहेको क्रिएटिभ तेक्वान्दो डोजाङमा नियमित रूपमा प्रशिक्षण लिइरहेका छन् । उनीहरूको यो सफलतामा डोजाङको प्रशिक्षण र व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार