मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सांसद चौधरीको पहलमा पश्चिम नवलपरासीमा विकास निर्माणले गति लियो

Ujyalosandeshonline 12431+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

नवलपरासी । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ मा सांसद बिनोद चौधरीको पहलमा लामो समयदेखि रोकिएका र नयाँ विकासका योजनाहरूले गति लिएका छन् । वर्षौंदेखि अलपत्र हुलाकी राजमार्गको निर्माण पुनः सुरु हुनुका साथै स्वास्थ्य र रोजगारीका क्षेत्रमा पनि महत्वपूर्ण कामहरू अघि बढेका छन्, जसले पिछडिएको क्षेत्रको मुहार फेर्ने अपेक्षा गरिएको छ ।

सांसद चौधरीको विशेष पहलमा, बर्दघाटको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर हुलाकी सडकखण्डको निर्माण कार्य पुनः सुरु भएको छ । २०७६ सालदेखि ठेकेदारको ढिलासुस्तीले अलपत्र यो सडकको म्याद २०८२ चैतसम्म थपिएको छ । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको ५८ करोड लागतको यो योजनामा सांसद चौधरीले बैंकिङ लगायतका समस्या समाधानमा सहजीकरण गरेपछि कामले गति लिएको हो ।

स्वास्थ्य क्षेत्रमा, दाउन्नेमा हुने बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै बर्दघाटमा ट्रमा सेन्टरको निर्माण तीव्र गतिमा भइरहेको छ । साथै, जीर्ण अवस्थामा रहेको सहीद स्मृति अस्पताललाई पुनर्जीवन दिँदै ६ वटा डायलासिस उपकरण जडान गर्ने कार्य अघि बढेको छ । यसले गर्दा स्थानीयले डायलासिसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नेछ । खुट्टा गुमाएकाहरूका लागि कृत्रिम खुट्टा जडान शिविर पनि सञ्चालन गरिएको छ ।

युवालाई रोजगारी दिन र स्थानीयलाई उद्यमी बनाउन निर्वाचन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणमा ५० वटा उद्योग स्थापना गर्ने र त्यसका लागि आवश्यक सीप तालिमसमेत सञ्चालन भइरहेको सांसद चौधरीले बताएका छन् ।

सांसद चौधरीले खजुराको पुल जस्ता वर्षौंदेखि रोकिएका अन्य कामहरू पनि आफ्नो पहलमा अघि बढेको बताए । सामान्य सहजीकरणले मात्रै धेरै कामहरू हुन थालेको भन्दै उनले आफूभन्दा अघिका जनप्रतिनिधिले ध्यान नदिएको तर आफू निर्वाचित भएपछि जनताका आधारभूत आवश्यकता पूरा गर्न लागिपरेको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार