मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

"रोहिणीमा लुटतन्त्र चल्यो, अब भ्रष्टाचारलाई जरैदेखि उखेल्छु : पूर्व अध्यक्ष यादव"

Ujyalosandeshonline 11005+ समाचार ( )
२० पौष २०८२, आइतबार

भैरहवा । रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले वर्तमान नेतृत्वले गाउँपालिकाको प्रणाली भत्काएको आरोप लगाउँदै आगामी दिनमा भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उखेल्ने उद्घोष गर्नुभएको छ । रोहिणी गाउँपालिकाको वडा नम्बर १ मा आयोजित युवा तथा स्थानीयबासीसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनतामाथि भएको अन्याय र बेइमानीको हिसाब–किताब छिट्टै चुक्ता गरिने चेतावनी दिनुभयो ।

देशको वर्तमान जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्व अध्यक्ष यादवले समयमै निर्वाचन नभए संकट अझ गहिरिन सक्ने औंल्याउनुभयो । उहाँले स्थानीय तहको नेतृत्व चयन गर्दा आफ्नो गाउँ, टोल र स्थानीय समस्याहरूलाई नजिकबाट बुझ्ने र जनताको सुख–दुःखमा साथ दिने व्यक्तिलाई मात्र चुन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले वर्तमान जनप्रतिनिधि र कर्मचारी संयन्त्रले जनतालाई अनावश्यक दुःख दिएको र गाउँपालिकाको स्थापित विधि–पद्धति बिगारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले कसले जनतालाई सताएको छ र कसले प्रणाली बिगारेको छ, ती सबै कर्मचारी र जनप्रतिनिधिको हिसाब जनताले राखेका छन् ।”

तराईका किसानहरूले भोगिरहेको मलखाद तथा बीउबिजनको अभाव र सीमा क्षेत्रको सुरक्षा तथा आवतजावतको समस्याप्रति यादवले गम्भीर चासो व्यक्त गर्नुभयो । साथै, उहाँले स्वास्थ्य स्वयंसेविकाहरूले निकै मेहनत गरे पनि वर्तमान नेतृत्वले उनीहरूको उचित कदर र पारिश्रमिकको व्यवस्था नगरेकोमा दुःख व्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा सुरु गरिएका राम्रा अभ्यासहरूलाई उल्ट्याइएको दाबी गर्दै उहाँले आगामी दिनमा अवसर पाएमा कामको सम्मान गर्ने र विभेद अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले उठाएको विकास निर्माणमा भएको विभेद, टिन र पाइप वितरणमा भएको काखापाखा तथा सडक र पुलको बजेट कटौतीजस्ता विषयमा जवाफ दिँदै उहाँले आफूलाई जनताका हरेक पीडा थाहा भएको र त्यसको समाधानका लागि कटिबद्ध रहेको बताउनुभयो ।

गरिब र विपन्न परिवारका लागि खानपान र कृषि सामग्रीको समस्या समाधान गर्न आफू व्यक्तिगत रूपमै घरदैलोमा पुगेर सहयोग गर्ने वाचा गर्दै यादवले आगामी निर्वाचनमा सही नेतृत्व पहिचान गर्न युवाहरूलाई विशेष आग्रह गर्नुभयो । “सांसद आएर पुल बन्यो भन्नेहरू अहिले कोही देखिँदैनन्,” भन्दै उहाँले वडा सदस्यदेखि सांसदसम्मका प्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो । विद्यालय परिवार, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा यादवले रोहिणीलाई भ्रष्टाचारमुक्त बनाउन र सुशासन कायम गर्न आफूलाई पुनः एकपटक अवसर दिन अपिल गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार