मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नागरिकको उपचारलाई सहज बनाउन स्वास्थ्य बिमालाई व्यवस्थित गर्न आवश्यक छः स्वास्थ्यमन्त्री गौतम

रासस 692+ समाचार ( )
१४ माघ २०८२, मङ्गलबार

ढोरपाटन (बागलुङ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।

आज धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षणपछि उहाँले स्वास्थ्य बिमाले आमनागरिकलाई सहज भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । मन्त्री गौतमले सरकारले धेरै प्रकारका औषधि निःशुल्क दिएको तर त्यसको दुरुपयोग र अनावश्यक रूपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समस्या भएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

“वास्तवमा यो कार्यक्रमबाट आमनागरिक निकै लाभान्वित भएका छन्, त्यसैले यसको व्यवस्थापन गर्दै निन्तरता दिन आवश्यक छ । त्यसका लागि नागरिक जिम्मेवार बन्ने र तीनै तहका सरकारले लगानी गर्नुपर्छ”, मन्त्री गौतमले भन्नुभयो,“हाल अघिल्लो वर्षको बिमाको रकम भुक्तानी गर्दा यस वर्षको बजेट शून्य भएको हो । यस वर्षसम्म रु ११ अर्ब बिमाको दायित्व भएको छ । त्यसैले थप रकम तिर्न समस्या भएको हो ।” उहाँले सरकार स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका निरन्तर लागिरहेको भन्दै सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि प्रयास भइरहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै