मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’

Ujyalosandeshonline 12441+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल’मा उहाँले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो ।

सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो । “कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुन्छ, मुख्यसचिवसम्मको पद निलम्बन भएको छ, उहाँ सफाइ पाएर निस्कनुभएको छ । यसबाट उहाँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा परेको असर तथा सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ । त्यसको परिपुरण कसरी गर्न सक्छौँ ?”, अनुसन्धान र अभियोजनमा मेहनत गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार