मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शितगंगा नगरपालिकामा घरदैलोमै कर सेवा सुरु, लुम्बिनी प्रदेशमै पहिलो अभ्यास

अनिल नेपाली 141+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

अर्घाखाँची । नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाले नागरिकलाई सहज सेवा दिने उद्देश्यले करदाता सेवा शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम करदाता सेवा कार्यालयहरू खारेज गरी स्थानीय तहबाटै सेवा प्रवाह गर्ने नीतिअनुरूप नगरपालिकाले यो सेवा सुरु गरेको हो । "करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै गरेका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्य सञ्चालन कार्यविधि, २०८२" बमोजिम आयोजित एक समारोहबिच शाखाको उद्घाटन गरिएको छ, जससँगै लुम्बिनी प्रदेशमै स्थानीय तहबाट यस्तो सेवा सुरु गर्ने शितगंगा पहिलो पालिका बनेको छ ।

नगर प्रमुख छविलाल पौडेलले यस कदमलाई "वास्तविक अर्थमा सिंहदरबार घरघरमा पुगेको" भन्दै अब कर चुक्ता प्रमाणपत्र लिन कृष्णनगर वा अन्यत्र टाढा जानुपर्ने बाध्यता हटेको बताए । हाल नगरपालिकामा १,३८२ करदाता आबद्ध रहेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल तथा अन्य कर अधिकृतहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा, स्थानीय तहबाटै सेवा प्रवाह हुँदा करदाताको समय र खर्च दुवै बचत हुने र कर प्रशासन थप पहुँचयोग्य एवं उत्तरदायी बन्ने विश्वास व्यक्त गरियो । विभागले आवश्यक प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने नगर प्रमुख पौडेलले नागरिकलाई सहज, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार