मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुख्यमन्त्री सिंहद्वारा जनकपुरधामका दुई सुधार केन्द्र अनुगमन, सुधारका लागि कडा निर्देशन

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ असार २०८२, सोमबार

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सोमवारसाँझ धनुषाको जनकपुरधाम ८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसनको सुधारकेन्द्रमा  अनुगमन गर्नुभएको छ । नयाँ मुस्कान सुधार केन्द्रमा ५० जना सम्म मात्र राख्न सक्ने अवस्था रहेकोमा ७५ जना सम्म राख्ने स्वीकृती पाएको तर १ सय पाँचजना सम्म राख्ने गरेको पाइएको छ ।

यस्तै शुल्क लिने कार्य पारदर्शी नरहेको, कोठामा कोचिएर राख्ने गरेको, कोठा व्यवस्थित नरहेको मुख्यमन्त्री सिंहले बताउनुभयो  । उहाँले नयाँ मुस्कान सुधार केन्द्रका संचालकलाई तत्काल सुधार केन्द्र व्यवस्थित गर्न  र केन्द्रमा रहेकाहरुलाइ सुत्ने बस्ने व्यवस्था राम्रो बनाउनका लागि निर्देशन दिनुभयो ।

यस्तै जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा पनि राखिएकाहरुको अवस्था दयनिय रहेको मुख्यमन्त्री सिंहले बताए । एउटै कोठा भित्र कोचिएर राख्ने गरिएको र  खाना गुणस्तरीय नरहेको पाइएको मुख्यमन्त्री सिंहले बताउनुभयो । यो सुधार केन्द्रका संचालक लाई पनि तत्काल आवश्यक सुधार गरी जानकारी गराउन निर्देशन दिएको उहाँले बताउनुभयो । यातनागृह जस्तो नभई सुधार केन्द्रलाई एउटा सभ्य नागरिक उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न र सरकारी मापदण्ड अनुरूप सबै सुविधाको व्यवस्थापन संचालकहरुलाई सचेत गराइएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै