मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

"सरकार ‘काण्डै काण्डले’ भरिएको भन्दै संघीय लोकतान्त्रिक मोर्चाले सियारीमा गर्‍यो खबरदारी"

Ujyalosandeshonline 11011+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

सियारी । संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा रुपन्देहीको सियारी गाउँपालिकामा ‘जनजागरण अभियान’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताहरूले वर्तमान सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै देशको समसामयिक राजनीतिक अवस्थाबारे बोलेका थिए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सत्ता गठबन्धनलाई अप्राकृतिकको संज्ञा दिँदै यसलाई ‘काण्डै काण्डको सरकार’ भनेर टिप्पणी गरे । उनले यो गठबन्धन देशलाई लुट्न र आफ्ना पापहरू लुकाउन मात्र बनेको आरोप लगाए । महतोले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनलाई सामान्य चुनावको रूपमा मात्र नभई, २०८४ को चुनावमा उत्पीडित जनताको अस्तित्वको लडाइँको परीक्षणको रूपमा हेरिनुपर्ने बताए ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश सबैको भए पनि राज्यसत्ता निश्चित वर्गको मात्र भएको बताए । उनले चुरे विनाश गर्ने किसिमका कानुन बनाइए विद्रोह हुने चेतावनी दिँदै चुरेको विनाशलाई सभ्यताको विनाशसँग दाँजे ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेशी समुदायले थारुहरूलाई विश्वास गरेर गुन लगाएको उल्लेख गर्दै आसन्न उपनिर्वाचनलाई कुनै पनि हालतमा जित्नुपर्नेमा जोड दिए ।

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । त्यसैगरी, जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेश जनविद्रोहको कारणलाई नभुल्न आग्रह गर्दै सम्पूर्ण उत्पीडित समुदायको एकता बिना मुक्ति सम्भव नहुने बताए । लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई विजयी गराउन सबै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यो कार्यक्रम, मोर्चाले देशभर घोषणा गरेको आठ स्थानमा हुने ‘जनजागरण अभियान’ अन्तर्गतको दोस्रो कार्यक्रम हो । यसअघि काठमाडौंमा पहिलो कार्यक्रम सम्पन्न भइसकेको छ भने आगामी कार्यक्रमहरू नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा आयोजना हुनेछन् । रुपन्देहीको कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गरेको थियो । मोर्चाले यस अभियानमार्फत लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको कार्यान्वयन र संघीयता सुदृढीकरण जस्ता विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार