मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा

Ujyalosandeshonline 12431+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन् । 

मंगलबार बसेको बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताएका हुन् । 

उनले भने, ‘मुख्य सहरबजार केन्द्रीत सहकारीमा समस्या आएको देखिन्छ । यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ । सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो । स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ । सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ । यसबारे पनि छलफल भएको छ ।’

यसको साथै उनले सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरिएको हुनाले पनि समस्याहरु आएको बताए । 

उनले भने, ‘सहकारी आफैंमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो । यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ ।’  

बैठकमा सहकारी क्षेत्रमा आएको समस्यालाई अन्तर्राष्ट्रिय रुपमा कसरी समाधान गरिन्छ भन्ने बारेमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार