मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

‘बारुदी सुरुङ विस्फोटका पीडितलाई सरकारले हेर्नुपर्छ’

Ujyalosandeshonline 11011+ समाचार ( )
१५ पौष २०८०, आइतबार

काठमाडौं । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालको संयोजक पूर्णशोभा चित्रकारले विस्फोटमा परेका  पीडितहरुलाई बिमाको व्यवस्था मात्रै गर्ने हो भने पनि स्वास्थ्यको समस्या हल हुने बताएकी छन् । 

राजधानीमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यो विषयसँग सरोकारवाला एवं सरकार एकीकृत ढंगबाट आउनुपर्ने भन्दै सरकारले नीति बनाएर अगाडि बढ्ने हो भने सम्भव रहेको बताइन् । 

उनले भनिन्, ‘पीडितहरुका लागि बिमाको व्यवस्था मात्रै गर्ने हो भने पनि स्वास्थ्यको समस्या हल हुन सक्छ । यसमा धेरै कामहरु छन् जुन सरकारले मात्रै गर्न सक्छ । सरकारले नीति बनाएर अगाडि बढ्ने हो भने धेरै कामहरु हुन सक्छ । यो विषयसँग सरोकारवाला एंव सरकार एकीकृत ढंगबाट आउनु प¥यो ।’ 

यस्तै, अभियानले सशस्त्र द्वन्द्व र त्यसपछि पनि विस्फोटक पदार्थहरुबाट लमजुङ, रोल्पा, कालिकोट, सुर्खेत, मुस्ताङ, रुपन्देही, दैलेख, सुर्खेत, बाँके, काठमाडौं, कञ्चनपुर, बैतडी, इटहरी, झापा, रुकुम, हुम्ला, कैलाली, सप्तरी, भक्तपुर, दाङ, ताप्लेजुङ लगायतका जिल्लाहरुमा सर्वसाधारणको मृत्यु हुनुका साथै बाँचेकाहरु घाइते र अंगभग भएको जनाएको छ । द्धन्द्वपछि यस्तो घटनाले नेपाली जनताहरुको दिगो शान्तिको चाहनामा गहिरो ठेस पुगेको उनले बताइन् । 

माइन तथा विस्फोटक पदार्थमा परेर २०५२ देखि २०६२ को भदौसम्ममा सुरक्षाकर्मी र सर्वसाधारण गरी ५ सय २९ को मृत्यु भएको थियो । १२ सय ७३ घाइते भएका थिए । त्यसमध्ये मृत्यु हुनमा ६२ प्रतिशत घाइते हुनेमा ४८ प्रतिशत सर्वसाधारण, महिला र बालबालिका थिए । २०६८ जेठमा मुलुक माइनमुक्त घोषणा भएपछि पनि त्यसयता गत मंसिरसम्ममा प्रहरी तथा सर्वसाधारण त्यस्ता घटना परेको अभियानले जनाएको छ । घोषणापछि हालसम्ममा २१ को मृत्यु र घाइते हुनेको संख्या १ सय ४ जना रहेको तथ्यांक छ । जसमा मृत्यु हुनेमा ९० प्रतिशत र घाइते हुनेहरुमा ९७ प्रतिशन सर्वसाधारण छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार