मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सशस्त्र प्रहरीको काम प्रभावकारी बनाउन सरकारले पहल गर्छः गृहमन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12431+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको काम अझ प्रभावकारी बनाउन सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज २३औं सशस्त्र प्रहरी दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सीमा सुरक्षा तथा सीमा स्तम्भ मर्मत सम्भार, अवैध चोरी पैठारीलगायत क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरी बल सुरक्षा फोर्सको रुपमा परिचालित भएको भन्दै उनले यसलाई प्रभावकारी बनाउने सरकारले आवश्यक सहयोग गर्ने बताए । 

सीमा सुरक्षा तथा सीमा स्तम्भ मर्मतसम्भार, सीमापार अपराध, अवैध चोरी पैठारी, मानव बेचबिखन, लागूपदार्थ ओसारपसार लगायतकाक्रियाकलाप नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा फोर्सको रुपमा परिचालित भएको उनको भनाइ छ ।

‘यसलाई अझ प्रभावकारी बनाउन साधन–स्रोत, भौतिक पूर्वाधार र जनशक्तिको उपलब्धताको लागि सरकारको तर्फबाट आवश्यक पहल हुने छ’ गृहमन्त्री श्रेष्ठले भने ।

उनले सशस्त्र प्रहरी बल नेपालको विकास तथा स्तर उन्नतिको लागि विद्यमान कानूनको समसामयिक पुनरावलोकन गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि गृह मन्त्रालयको तर्फबाट भएसम्मका उपाय अबलम्बन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

उनले भने, ‘सशस्त्र प्रहरी बल नेपालको विकास तथा स्तरोन्नतिका लागि विद्यामान कानूनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निमार्णका लागि प्रक्रिया अघि बढिरहेको छ । सशस्त्र प्रहरी बल नेपाललाई सदृढ र विकास गर्न भएसम्मका उपायहरु अबलम्बन गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले संगठनमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकास प्राप्त, वीरगतिप्राप्त राष्ट्रिय सेवकका असली परिवारहरु समेत लाभान्बित हुनेगरी नयाँ कार्ययोजनाका साथ अगाडि बढाउन निर्देशन पनि दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार