मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भैरहवामा सडकमा फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना, नगरपालिकाले थाल्यो भिडियो खिचेर कारबाही

Ujyalosandeshonline 11005+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

भैरहवा । यदि तपाईं घरको फोहोर सडकमा फाल्ने गर्नुहुन्छ भने सावधान ! रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिहरूमाथि कडा निगरानी सुरु गरेको छ र अटेरी गर्नेलाई जरिवाना तिराउन थालेको छ । नगरपालिकाले फोहोर फाल्नेहरुको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र फोहोरमैला व्यवस्थापन ऐन अनुसार कारबाही गर्ने अभियानलाई तीव्रता दिएको हो ।

नगरपालिकाले टोल-टोलमा नियमित रूपमा फोहोर संकलन गर्न ट्याक्टर पठाउँदा पनि सडक किनार र सार्वजनिक स्थलमा फोहोर फाल्ने क्रम नरोकिएपछि यस्तो कदम चालिएको हो । पछिल्लो दुई महिनामा जथाभावी फोहोर फाल्नेहरूलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको नगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (क) अनुसार, नगरपालिकाले कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार राख्दछ । अभियान अन्तर्गत हालसम्म १८ जनाले सडकमा फालेको फोहोरको भिडियो खिचिएको छ र उक्त फोहोर संकलन गरी उनीहरूलाई नै फिर्ता पठाइएको नगरपालिकाले जनाएको छ । सडकमा फोहोर फाल्नबाट रोक्नका लागि नगर प्रहरीलाई समेत परिचालन गरिएको छ ।

नगरपालिकाले सरसफाइमा मात्र नभई नगरलाई सुन्दर र हराभरा बनाउने अभियानमा समेत बाधा पुर्याउनेमाथि निगरानी बढाएको छ । सडक क्षेत्रमा लगाइएका बिरुवाका फूल टिप्ने र हाँगा भाँच्ने जस्ता गतिविधिमाथि पनि पालिकाले कारबाही अघि बढाएको छ ।

"हामी नगरलाई सफा, सुन्दर, हरभरा बनाउन लागेका छौं । तर, केही नगरवासीले सडकमा फोहोर फाल्ने, फूल टिप्ने, रुखका हाँगा नै भाँच्ने जस्ता काम गरिरहनुभएको छ," सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, "नगरको सुन्दरताका लागि लगाइएका बिरुवाहरू जोगाउनु र फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्नु सबै नगरवासीको कर्तव्य हो ।"उनले नगरपालिकाको एकल प्रयासले मात्र नगर सफा नहुने भन्दै यसमा सम्पूर्ण नगरवासीको सहयोग अपरिहार्य रहेको बताए ।

नगरपालिकाले नगरलाई हरियाली र वातावरणमैत्री बनाउन प्रत्येक वर्ष विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू अनुदानमा वितरण गर्दै आएको छ । यसअघि पनि रातिको समयमा सडकमा रोपिएका फूल-बिरुवा उखेलेर फालिने जस्ता समस्याहरू देखिँदै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार