मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


रेडियो नेपालका प्रथम गायक रिमालको शतवार्षिकी मनाईयो

Ujyalosandeshonline 12431+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडौं । राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाईएको छ । बुधवार उनको शतवार्षिर्कीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी कला तथा पत्रकारीता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेर उनको शतवार्षिकी एवम समापन कार्यक्रमको आयोजना गरिएको हो ।

स्व. रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतबारबाट आयोजना गरेको तीनदिने नाटक महोत्सवको विजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरुप माधव भण्डारीको लेखनको नाटक घरजमले प्रथम पुरस्कार जितेको छ । सोही  नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गी मगरले अभिनेत्रीको अवार्ड चुमेका छन् । 

त्यस्तै, लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतीसम्बन्धि गणेशप्रसाद पौडेलको लेखन र बिसालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भयो, सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाएका छन् । 

त्यस्तै, बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको छ । समारोहमा  कार्यक्रमका प्रमूख अतिथि तथा सभाध्यक्ष एवम प्रतिष्ठानका  अध्यक्ष  वासुदेव त्रिपाठी,  रिमालकी सञ्चारकर्मी पत्नी  कल्याणी रिमाल, सदस्य सचिव सम्राट सापकोटालगायतले  महोत्सवमा विजयी हुनेहरुलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपैयाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपैयाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपैयाँ प्रदान गरेका छन् । 

त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पुरस्कारस्वरुप जनही नगद १५ हजार रुपैयाँ  प्रदान गरिएको छ । सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान पनि प्रदान गरिएको छ । 

अभिप्सा सापकोटाद्वारा सञ्चालित कार्यक्रममा  वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरि प्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरिएको छ । 

त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठ सम्मानित भए भने हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्य कुमारी पन्त, हरि प्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट पत्रकार अनन्त वाग्ले पुरस्कृत भए ।  हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारको राशी ३१ हजार  एक र अन्य पुरस्कारको  राशी २१ हजार एक रुपैयाँ रहेको छ । समारोहमा सम्मानित व्यक्तित्वबारे  पत्रकार विदुर गिरी, नाट्यकर्मी पुष्कर गुरुङ, अभिनेता तथा रंगकर्मीद्धय सम्राट सापकोटा र विरेन्द्र हमाल तथा सञ्चारकर्मीसोमराज सुवेदीले प्रकाश पारेका थिए । 

स्व.रिमालकोशतवार्षिकी महोत्सवको प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये  निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरिएको थियो। नाट्यकर्मी अषेश मल्ल, हरि बहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौवरंगीे, लासको खेती र सिल्भियाले प्रतिस्पर्धा गरेका थिए। नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी फिल्ममा  अभिनयको मौका पाउनेछन् । 

समारोहमा शिखर कलाकार हरिप्रसाद रिमाल नामक पुस्तक पनि लोकार्पण गरिएको थियो। प्रतिष्ठान का उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले समारोह लाई स्वागत गर्दै नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै उनको शतवर्षिकी को अवसरमा आयोजना गरिएको नाटक महोत्सवले विषेश महत्व राख्ने बताए ।  

प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालको सम्झनामा उनकै कर्मथलो मध्ये एक सांस्कृतिक संस्थानमा उनैको शतवार्षिकीको अवसरमा नया पुस्ताका कलाकारलाई प्रतिष्ठान ले सम्मान र पुरस्कार प्रदान गर्दा प्रतिष्ठान गौरवान्वित भएको बताए । 

प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता सम्राट सापकोटाले प्रतिष्ठानले व्यक्तिगत फाईदाका लागि नभई नाट्य क्षेत्रमा नव कलाकार, लेखक निर्देशक आदी जन्माउन र सम्मानका लागि प्रतिष्ठानको लगानीमा महोत्सव आयोजना गरिएको बताए । 

समारोहमा निर्णायकको तर्फबाट बोल्दै नाट्यकर्मी अशेष मल्लले नाटकको प्रस्तुतिकरण,  कथावस्तु आदीको आधारमा विजयी नाटक चुनिएको बताए । सम्मानितको तर्फबाट मन्तव्य राख्दै कलाकार मदनदास श्रेष्ठले  रिमाल आफ्नो कर्म दिने पिता रहेको जनाउँदै उनकै नामको सम्मानबाट सम्मानित हुन पाउँदा निकै गौरव महसुस भएको बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार