मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सदभावको प्रतिक मोर्हरम पर्व

Ujyalosandeshonline 12455+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

भैरहवा । तराई लगायत केही पहाडी भागमा समेत मानिने मोहर्रम पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरु लाई यसरी एकतामा बाधेर दुवै धर्मावलम्बीहरुका लागी सदभावको प्रतिक भएको छ । 

हसन र हुसेनको प्रतिक स्वरुप तजिया निर्माण गरि मनाउने यो पर्व दुवै समुदायले उत्तिकै हर्षोउल्लास र श्रद्धाका साथ मनाउने गरेका छन । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरु पनि मुस्लिम जस्तै तजिया बनाई बिधिवत रुपमा पूजा अर्चना गर्ने गरेका छन । 

भैरहवा गाउका पाचु ठाकुरले यो पर्व प्रति आफ्नो प्रगाढ आस्था रहेको बताउछन । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भए पछि तजिया बनाउने गरिएको छ । 

भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपूर लगायतका क्षेत्रमा समेत दुबै धर्मावलम्बीहरुको सहभागीतामा तजिया निर्माण हुदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवार लगायतका क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाईने गरिएको छ । 

हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवता को रक्षा गर्न आफ्नो परिवार र साथीहरुको बलिदान दिए । यीनै शहीद हरुकोे सम्झनामा ताजिया निस्कने गरेको छ । । यी ताजिया ती शहीदहरुको प्रतीक मानिन्छ । यी ताजिया संगै जुलूस निकालीन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा बिर्सजन गरिन्छ । इमाम हुसेनको चिहान इराक मा अझै छ । यही कारणले यो संसारभरिका मुस्लिमहरुको लागी दुःख को महिना हो । मोहर्रम को १० औं दिन आशुरा को दिन र हुसेन को बहादुर बलिदान को सम्झना दिन हो ।

हिन्दु तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व चार दिनको हुन्छ । 

आकाशमा चन्द्रमा देखिएको दिन देखि शुरु भएको यो पर्व केराको पात काटी गाडने, मोहर्रमको एक दिन पहिला बनाएको तजिया बाहिर निकाली चौके बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजियाहरु एकजुट पारी स्थानिय कर्बलामा लगि बिर्सजन गरे पछि मेला को समापन हुने गर्दछ । 

हसन तथा हुसेन को प्रतिक स्वरुप बासको ढाचामा बिभिन्न र·ीच·ी कागज बेरी तजिया बनाई त्यस्को वरिपरि तासा, ढोल तथा मजिरा जस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफुले चिताएको मनकामना पूर्ण हुने बिश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवाबाट लगातार तजिया बनाउदै आएका रमजान मुसलमान बताउछन । 

यस बर्ष यो पर्वको बुधबार तजियालाई कर्बलामा बिर्सजन गरि समापन गरिदै छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार