मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

Ujyalosandeshonline 11009+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजना २४ महिनाभित्र उत्पादनमा आउनुपर्ने प्रावधान छ ।

प्राधिकरणले २५ वर्षका लागि पीपीए गर्दै २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन नजिकका आयोजना बाट विद्युत खरिद गर्नेछ । सोलार परियोजनामा लगानी लागत पनि घट्दै गएको छ । केही वर्षअघि प्रतिमेगावाट २० करोड पर्ने लागत अहिले प्रविधि सस्तो भएको कारण औसत ५ करोड रुपैयाँमा झरेको छ । ऊर्जा सुरक्षाका लागि प्राधिकरणले सोलारमा ध्यान दिँदै विद्युत व्यवस्थापनलाई सहज बनाउन थालेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार