मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्रोत नखुलेको १९ लाख ९० हजारसहित हुण्डी कारोबारी पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

विराटनगर । प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का उनी हुण्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ ।

यसक्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो । उनलाई हुण्डी कारोबारीहरुले प्रयोग गरेको पाइएको थियो ।

यसैगरी, यसअघि विराटनगर–१५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई ४ लाख ७५ हजारसहित पक्राउ गरिएको थियो भने विराटनगर–१५ का रञ्जितकुमार साहलाई ९ लाख २० हजारसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार