मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट

Ujyalosandeshonline 12437+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् ।

यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै ७ खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्त सिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपिएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।

रोयल्सले पछिल्लो केही दिनदेखि धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपिएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा व्यस्त छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार