मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

शहीद बहुमुखी क्याम्पसद्वारा २९ जना विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरण

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ माघ २०८२, आइतबार

पाल्पा । रामपुरस्थित शहीद बहुमुखी क्याम्पसले आफ्नो ३४औं वार्षिकोत्सव तथा क्याम्पस सभाको अवसरमा जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति एवं पुरस्कार वितरण गरेको छ । क्याम्पसले स्थापना गरेका विभिन्न ११ वटा अक्षयकोष तथा विद्यार्थी कल्याणकारी कोषमार्फत २९ जना विद्यार्थीलाई कुल एक लाख १७ हजार ११५ रुपैयाँ बराबरको नगद छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरेको हो ।

लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष राम प्रसाद ढकाल र क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले लगायत अक्षयकोषका संस्थापक तथा संरक्षकहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा आशिष वरदान स्मृति अक्षयकोषबाट सोनु तामाङ, स्वीकार ज्ञावली, सीता राना, कमल सारु, सगुन मानन्धर, सृष्टि केसी, सुस्मा खत्री, वर्षा काफ्ले र अस्मिता खनाललाई नगद पुरस्कार प्रदान गरियो । त्यस्तै, मित्र स्मृति अक्षयकोषबाट कला मानन्धर, लिलामणी ढकाल, त्रिसला पुलामी, मनिषा खनाल र सविना श्रेष्ठ पुरस्कृत भए भने झविलाल–ईश्वरी माया खनाल स्मृति अक्षयकोषबाट डिल्लीराज गैरे र कविता अधिकारीलाई पुरस्कृत गरियो ।

यदु, भिम, गौरा, हेम ढकाल स्मृति अक्षयकोषबाट भोग बहादुर साठीघरे र ऋषिराम बस्याल, गिरिराज वाशिष्ट स्मृति अक्षयकोषबाट शर्मिला घिमिरे र सुजता पंगेनी, तथा लोकप्रसाद शेषकुमारी श्रेष्ठ स्मृति अक्षयकोषबाट शुलभ आचार्यले पुरस्कार प्राप्त गरे । यसैगरी, ओम खाँण स्मृति अक्षयकोषबाट दर्पण सोती, झमन थापा स्मृति अक्षयकोषबाट समृद्धि घिमिरे र नेत्र प्रसाद तिवारी स्मृति अक्षयकोषबाट ज्ञानीसरा साठीघरेलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूद्वारा स्थापित अक्षयकोषबाट कला मानन्धर र सृष्टि केसीलाई पनि सम्मान गरियो ।सोही अवसरमा समाजसेवी सन्दिप राना र भक्त बहादुर रानाको परिवारले स्थापना गरेको १० लाख रुपैयाँको विद्यार्थी कल्याणकारी कोषको ब्याजबाट विमला सेन ठकुरी, अमृत सारु मगर र जनिसरा आलेलाई जनही पाँच हजार रुपैयाँको विशेष छात्रवृत्ति प्रदान गरिएको क्याम्पसका लेखापाल प्रकाशचन्द्र सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार