मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बन्द गराएको अस्पतालमा विरामी जाचँ गर्ने सञ्चालक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

जनकपुर । केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका जनकपुरधामको एक अस्पतालले लुकी छिपी बिरामी भर्ना गरेको पाइएको छ ।

सोमबार जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रा.लिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको पाइएको छ । अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँचजना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको क्रममा मुख्यमन्त्री सिँहले प्रत्यक्ष पुगेर देखेपछि कारबाही गरेका छन् ।

जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई मुख्यमन्त्री सिँहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनक्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार