मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

Ujyalosandeshonline 11011+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । 

उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताए । 

उनले पहिलोपटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, ‘भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ ।’नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतिकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार