मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी आएको छ : मन्त्री चौधरी

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ असार २०८१, शनिबार

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएका छन् ।

शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उनले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताइन ।

सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भनिन्, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले, अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौँ ।’

सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति, नेपालको रक्षा गर्नका निम्ति, मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताइन ।

धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उनले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने वताइन ।

‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो’, उनले भनिन । उनले बच्चादेखि नै यस्तो कुराहरू परिवारमा समेत मनाउने प्रचलन रहेको स्मरण गरिन् ।

यस वर्षदेखि नेपाल सरकारले कृषि दशक वर्ष मनाउन सुरु गरेको भन्दै उनले तर भने जति बजेट भने व्यवस्था हुन सकेको छैन । ‘यसलाई बिस्तारै वृद्धि गर्दै लैजानुपर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा बजेटको सीमितताका कारण समस्या हुने गरेको छ’, मन्त्री चौधरीले भने ।

सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी भएका कारण काम गर्नका निम्ति कठिनाइका बिच त्यसलाई व्यवस्थापन गर्न सकिने उनले वताइन । राज्यले सुरुआत गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताइन ।

नेपालको ब्रान्ड यो हो भनेर केही विशेष उत्पादनहरूमा हुनुपर्ने भन्दै उनले परम्परागत रूपमा जानेको सीपलाई केही वैज्ञानिकता मिलाएमा अझ प्रभावकारी हुने बताइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार