मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दुर्गम गाउँमा स्वास्थ्य शिविर, ६ सय ६९ जनाको स्वास्थ्य परिक्षण

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

सुर्खेत । कालिकोट जिल्लाको महाबै गाउँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोट, महावै गाउँपालिका स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो । 

शिविरमा जिल्ला अस्पतालका प्रमूख डा. भिष्मप्रसाद पोख्रेलसहितको स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा मातृ स्वास्थ्य, बालरोग, सामान्य शल्यक्रिया, परिवार नियोजन र निदानात्मक सेवा लगायतका विविध स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकुन् भनेर शिविर सञ्चालन गरिएको हो’ उनले भने, ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार