मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा परासीमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11005+ समाचार ( )
६ अशोज २०८२, सोमबार

परासी  नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको यस कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा व्याख्या गर्दै यसले जीवन बचाउनुका साथै रक्तदातालाई पनि स्वस्थ राख्ने बताए। उनले प्रत्येक तीन-तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने समाजको उद्देश्यलाई सबैले साथ दिनुपर्नेमा जोड दिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले रगत अभाव बढ्दै गएको र रक्तदानबारे सचेतना भए पनि मानिसहरू हिचकिचाउने गरेको बताए। उनले रक्तदान गर्दा कमजोरी हुने भ्रममा नपर्न आग्रह गर्दै समाजले रेडक्रसको सहयोगी संस्थाको रूपमा रगत व्यवस्थापनमा भूमिका खेल्ने बताए। समाजले विशेषगरी ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना फैलाउने र रक्तदान कार्यक्रम आयोजना गरी मानिसहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार