मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं : नेपाल

Ujyalosandeshonline 12442+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

काठमाडौं । (नेकपा) एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको  दाबी गरेका छन् । 

मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन् । 

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौं । विद्रोह गर्ने आँट गरेका छौं । विद्रोहको ज्वाला दन्काएका छौं ।  एक्लै भएपनि अगाडी बढ्ने प्रयास गरेका छौं । हाम्रो साथमा देशभरिका नेता र कार्यकर्ताहरु जुट्दै जुट्दै ७७ वटै जिल्लामा संगठन विस्तार गर्दै अगाडी बढेका छौं । राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलेको भूमिकाप्रति हामीले गर्व गर्नुपर्छ । राष्ट्रिय राजनीतिमा हामीले खेलेको भूमिकाप्रति गौरव गर्नुपर्छ । राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई हामीले राम्रोसँग चिनेको छौँ ।  हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेको छ । अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन् ।’ 

पार्टीका भातृ संगठनहरुलाई व्यवस्थित गरेर अगाडि सार्ने एकमात्र पार्टी नेकपा एस रहेको अध्यक्ष नेपालको भनाइ थियो । उनले समाजवादी मोर्चालाई नयाँ शिराबाट अगाडी बढाउन समेत छलफल भइरहेको बताए । 

‘विभिन्न कम्युनिष्ट पार्टीहरूसँग हाम्रो संवाद भइरहेको छ । समाजवादी मोर्चा बनाउँदै अघि बढेका छौँ । आजै पनि विभिन्न समूहसँग कुरा भएको छ । नयाँ शिराबाट त्यसलाई अगाडि बढाउनुपर्छ । देशभरिको समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ’, उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार