मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

काम छिटो गराइदिने भन्दै सेवाग्राही ठग्ने दुई जना प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12444+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

भैरहवा । भैरहवास्थित नापी कार्यालयमा आउने सेवाग्राहीसँग काम छिटो गराइदिने प्रलोभन देखाएर बढी शुल्क लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको विशेष टोलीले शुक्रबार दिउँसो उनीहरुलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् । उनीहरुले कार्यालयमा आउने सर्वसाधारणलाई विभिन्न बहानामा दु:ख दिने र छिटो काम मिलाइदिने भन्दै बिचौलियाको भूमिका खेली गैरकानूनी रुपमा रकम असुल गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय सरकारी कार्यालयहरुमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो । यस सम्बन्धमा थप कानूनी प्रक्रिया अगाडि बढाइने र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार