सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरण : विकल पौडेल र सुनील पौडेल पक्राउ

Ujyalosandeshonline 11033+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई बुधबार पक्राउ गरेको हो ।

गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सार्वजनिक सम्पत्ति हिनामिना गरेको र कार्यालयका सवारीसाधनहरुको दुरुपयोग गरि सम्पत्ति विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएकाले  उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

बुधबार शान्तिनगर र मण्डिखाटारस्थित दुवैका घरमा छापा हानेको अख्तियारले कागजातसहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार