मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल

Ujyalosandeshonline 12433+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायत पूर्वी जिल्लाहरूमा हालै घटेका घटना र त्यसले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाप्रति पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसा र मुठभेडबाट कुनै पनि समस्या वा विवादको समाधान हुन नसक्ने स्पष्ट पारिएको छ। नेपाली समाजको मुख्य शक्ति नै बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव भएको उल्लेख गर्दै रास्वपाले साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूलाई अपिल गरेको छ।

परिस्थितिलाई तत्काल सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र नागरिकको जिउधनको रक्षाका लागि नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको विज्ञप्तिमा जनाइएको छ। साथै, घटनाको निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले यस दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न अन्य राजनीतिक दलहरूसँग आग्रह गरेको छ। साथै, स्थानीयस्तरमा शान्ति र सद्भाव कायम राख्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आफ्ना पार्टीका स्थानीय समिति तथा सदस्यहरूलाई विशेष निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार