मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

सिनपा ९ को आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11009+ समाचार ( )
४ जेठ २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार लागू औषध रोकथाम, वैदेशिक रोजगार तथा साइबर अपराध सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले अहिले समाजमा देखिएको विकृतिको बारे जानकारी लिने र त्यसबारे सचेत हुन यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । उध्योग व्यपार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले साइबर अपराध, लागू औषध र बैदेशिक रोजगारीको क्रममा भएको ठगी लगायतका विभिन्न अपराधबारे समाज जानकार हुनु पर्ने र त्यसबारे समाजकै अन्य निकायलाइ समेत सुसुचित गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका बदरे आलमले वडा नम्बर ९ मा यी तीनवटै समस्या रहेकोले यस विषयमा वडा कार्यालयको अभिमुखिकरण फलदायी रहेको भन्दै प्रशंसा गरे । उनले खुला सीमाका कारण लागू औषधको कारोबार सहज भएको र युवाहरु यसको कुलतमा फस्दै गएको बताउदै उनले सबै सरोकारवालाहरुले यसको रोकथाममा ध्यान दिन आवश्यक रहेको बताए । 

यसै गरि गोलीगढ टोलसुधार समितिका सचिव फणिन्द्र पौडेलले ९ नम्बर वडामा लागू औषधको कुलतमा युवा मात्र युवतीहरु पनि फसेकोले समाज अझ बढी सकृय हुनुपर्ने आवश्यकता औल्याए । उनले टोल सुधार समितिहरु स्थानियहरुको प्रत्यक्ष सम्पर्कम रहेको हुदा यस्तो अभिमुखीकरण कार्यक्रम फलदायी हुने धारणा राखे । अहिले सबै भन्दा भयावह अवस्थामा सामाजिक सन्जालमा भैरहेको विभिन्न अपराधहरुबारे पनि उपचारको प्रक्रियामा जान कार्यक्रमले सहयोग गर्ने बताए । 

कार्यक्रमको प्रमुख अतिथी ट्राफिक प्रहरी कार्यालय रुपन्देहिको प्रमुख रन्जु केसीले आफ्ना बालबालिकाले मोबाइलमा गरिरहेको क्रियाकलापलाई निगरानी गर्न आवश्यक रहेको बताए । उनले सामाजिक सन्जाल अपराध गर्ने थलो बन्दै गएकोमा यसको नियन्त्रणमा अभिभावकको भुमिका महत्वपूर्ण रहेको बताइन । उनले कुनै पनि अपराध भैसके पछि भन्दा अपराध हुनै नदिन आवश्यक रहेकोले यसबारे अभिभावक नै सचेत हुनुपर्नेमा जोड दिइन ।

अभिमुखिकरण कार्यक्रमलाइ वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख नेत्र बहादुर बुढा, सामी नेपाल रुपन्देहीको परियोजना प्रमुख सीता पन्थ, ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सहजीकरण गरेका थिए । 

वडा अध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता, ट्राफिक प्रहरी प्रमुख रन्जु केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य युवराज बराल, वसन्त भट्टराई, कठौतिया टोल सुधार समितिको उपाध्यक्ष प्रतीक्षा न्यौपाने, वडा स्तरिय विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, टोल सुधार समितिका पदाधिकारी, आमा समूह, विध्यार्थी लगायतको सहभागीता रहेको थियो । 

वडा सदस्यद्वय बसुन्धरा शर्माको सन्चालन र सविता हरिजनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो भने वडा सचिव अब्दुल रसिद पठानले कार्यक्रमको औचित्य र यसको महत्व बारे जानकारी गराएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार