टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

रासस 695+ समाचार ( )
३१ श्रावण २०८३, आइतबार

भद्रपुर (झापा) । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो । दुर्घटनापछि  भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार