मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उपयुक्त क्षेत्र हो : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12437+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसक्ने हो भने नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिन्छ । नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ । गौतमवुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर र खोंचसमेत नेपालमै रहेको छ । नेपालमा पर्यटनका प्रचुर सम्भावना भएपनि पर्यटनको विकास हुन नसकेको यथार्थ हामीसामु छ ।’

बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु आजको मुख्य समस्या भएको दाहालको भनाइ छ ।

दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा मुलुक प्रतिदिन परनिर्भर हुँदै गइरहेको दाहालले बताए ।

उनले भने, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो ।  दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा हामी दिन प्रतिदिन परनिर्भर हँुदै गइरहेका छौं । देशलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकासका गर्नु उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब सरकारको ध्यान युवाहरुलाई विदेश जान रोकेर बढिभन्दा बढि पर्यटक भित्र्याउन हुनुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार