मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

पाल्पामा वेटर वेट्रेस सम्बन्धी १० दिने तालिम सुरु

रासस 697+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

पाल्पा । हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने उद्देश्य राख्दै शनिबारबाट पाल्पाको तानसेनमा १० दिने वेटर वेट्रेस तालिम सुरु भएको छ । स्विस सरकारको सहयोगमा नेपाल होटल सङ्घ (हान), होटल सङ्घ लुम्बिनी प्रदेश तथा सिद्धार्थ होटल सङ्घको आयोजना र पाल्पा होटल सङ्घको समन्वयमा तालिम सञ्चालन सुरु भएको हो । 

तानसेन बतासेडाँडा स्थित होटल श्रीनगरमा तालिमको उद्‌घाटन गर्दै होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक चन्द्र प्रकाश श्रेष्ठले होटलमा कार्यरत कामदार कर्मचारीको दक्षता अभिवृद्धि साथै नयाँ जनशक्ति तयार गर्ने र दक्ष जनशक्तीले मात्रै हस्पिटालिटी क्षेत्रको स्तर वृद्धि गर्ने भएकाले स्विस सरकारसित सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिए । सीप सिकेर अझै दक्ष हुने र नयाँले तालिमबाट धेरै कुरा सिकी रोजगार प्राप्त गर्न सहज हुने भएकाले तालिममा दत्तचित्त भएर १० दिन सम्म सहभागी बन्न श्रेष्ठले आग्रह गरे । 

पाल्पा होटल सङ्घका अध्यक्ष एवं श्रीनगर होटलका प्रबन्ध निर्देशक जयन्त भुसालले धेरै पछि पाल्पा तानसेनमा यस किसिमको तालिम सुरु भएको र तालिमले रोजगारमा रहेकालाई थप दक्ष बनाउने र नयाँ जनशक्ति समेत तयार हुने बताए ।

तालिमले होटल क्षेत्रको सेवा साथै नेतृत्व र व्यक्तित्व विकास समेत हुने जनाउदै यो तालिम पुरै निशुल्क रहेको र होटलमा निःशुल्क प्रयोगात्मक साथै सैद्धान्तिक शिक्षाको माध्यमबाट सिक्न अध्यक्ष ले प्रशिक्षार्थीमा आग्रह गरे । 

तालिमका प्रशिक्षक धिरेन राकस मगरले तालिम मा वेटर वेट्रेसले हस्पिटालिटी क्षेत्रमा गर्ने काम र भुमिका मात्र नभई हस्पिटालिटी क्षेत्रका अन्य सैद्धान्तिक कुरा पनि सिकाइने भएकाले १० दिनको तालिममा कुनै पनि दिन नछुटाउन आग्रह गरे । 

सिद्धार्थ होटल सङ्घका उपाध्यक्ष भोज खत्रीले होटल पर्यटन क्षेत्रमा दक्ष जनशक्ति को खाचो रहेकाले यो तालिमले केही रुपमा मद्दत गर्ने बताए । तालिममा पाल्पाका बिभिन्न होटल रिसोर्टका २० जना युवायुवतीको सहभागिता रहेको छ । पाल्पामा निकट भबिश्यमा हाउसकिपिंगको प्रशिक्षण पनि सन्चालन हुने आयोजकले जनाएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार