मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

सिंचाइ दिवसमा उत्कृष्टहरु सम्मानित

Ujyalosandeshonline 11026+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सिंचाइ दिवसको अवसरमा कार्यसम्पादनको आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई सम्मान गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सम्मान प्रदान गरेका हुन्। मन्त्रालयले उत्कृष्ट जल उपभोक्ता समूह, कार्यालय प्रमुख, कर्मचारी र निर्माण व्यवसायीको मूल्यांकन गरी सम्मान गरेको हो।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रोल्पाका वरिष्ठ इञ्जिनियर प्रविण कुमार उत्कृष्ट कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्। त्यस्तै भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय बाँकेमा कार्यरत वरिष्ठ हाइड्रोजियोलोजिष्ट मधु न्यौपाने र रुपन्देहीका मेकानिकल अधिकृत नारायण प्रसाद पन्थी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, अर्घाखाँचीका प्राविधिक अधिकृत वीर बहादुर विसी, उर्जा मन्त्रालयका कार्यालय सहयोगी गुणानिधि पन्थीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ।

यस्तै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दाङ अन्तर्गत झुमरे कट्कुइयाँ कुलो सिंचाइ योजना तुलसीपुर ८ र ९ लाई उत्कृष्ट उपभोक्ता संस्था र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलको सिफारिसमा नवलपरासीस्थित ज्योति कन्स्ट्रक्सनलाई उत्कृष्ट निर्माण व्यवसायीका रुपमा सम्मानित गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र समावेशी विकासमा यस्ता संस्थागत तथा व्यक्तिगत योगदानहरु प्रेरणादायी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार