मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ओली भन्छन् ‘एमालेलाई चुनावमा महिलाले जोगाए’

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन् । काठमाडौंमा एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए ।  

‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौं र एकथरी भने अलि खुलस्त लागे, धेरैथरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न । तर, देवासुर संग्राममा देवीहरु मैलदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप,’ उनले भने, ‘टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु टर्च बालेर मात्र भेटिन्छन् अहिले । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ ।’ 

उनले अहिलेको व्यवस्था परिवर्तन भए तापनि अवस्था जहाँको तहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उनको जिकिर छ । 

उनले भने, ‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ? कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’

सहकारी संस्थाहरु संकटमा परेको प्रसंगमा उनले गलत तत्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको आरोप उनले लगाए । गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी समेत बदनाम भएको उनले बताए । 

उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार