मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

दसैं तिहार मनाउन स्थानीय घर गएसंगै मार्तडी बजार सुनसान

Ujyalosandeshonline 11007+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजार यतिबेला सुनसान बनेको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली मनाउन यहाँका व्यापारी लगायत अन्य स्थानीय घर गए पछि बजार सुनसान बनेको हो । केही दिन अघिसम्म निकै चहलपहल बढेको मार्तडीमा अहिले भने चहलपहल निकै घटेको छ ।यहाँ बसोबास गर्ने व्यापारी तथा अन्य अधिकांश स्थानीय चाडबाड मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिन यतादेखि सुनसान  बन्दै गएको हो ।

स्थानीयहरु धमाधम गाउँघर गए पछि बजार सुनसान बनेको माथिल्लो बजारस्थित बडीमालिका एण्ड रविन्द्र फेन्सि स्टोरका प्रोपाईटर जयराज उपाध्यायले बताए । दसैं तिहार नजिकिँएकोले सबै आ–आफ्नो घर गएपछि बजार सुनसान बनेको उपाध्याले बताएका छन् ।

केही दिन अघि बजारमा व्यापार व्यवसाय निकै फस्टाएको थियो,अहिले उपभोक्ता समेत बजारमा नआउने हुँदा व्यापार समेत घटेको उपाध्यायको भनाइ छ । सबै होटल तथा पशल बन्द भएका छन्।दशै सकिए लगत्तै विस्तारै पशलहरु खुल्दै जाने उनले बताए ।

सदरमुकाम मार्तडी जिल्लाकै ठुलो र प्रमुख व्यापारीक केन्द्र हो । मार्तडी बजार संगै यहाँको बुढिगङ्गा नगरपालिकाको बाम्का,डाब,फालाशैन,गौमुलको घट्मुना,बुढिनन्दा नगरपालिकाको कोल्टी,जगन्नाथको पिलिचौर,हिमालीको धुलाचौर लगायतका बजार सुनसान बनेका छन्। अष्टमी नवमी दशमी र पूर्णिमासम्म बाजुराका ९ वटै स्थानीय तहका गाउँबस्तीमा दसैँ मनाईने गरिन्छ । 

दसैँ तिहार मनाए पछि मात्रै स्थानीयहरु बजार आउने गर्दछन् । बाहिर गएकाहरू बजार नआउँदासम्म यहाँका  बजार केही समयको लागी सुनसान हुने गरेका छन् ।अस्थायी रुपमा  बसोबास गर्दै आएकाहरू नागरिक  प्रत्येक वर्ष दसैँ तिहारमा गाउँ जाने हुँदा तिहार अवधिवर यहाँका बजार सुनसान नै हुने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार