मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

कोटहीमाई गाउँपालिकामा मन्त्रालय र स्थानीय तहबीच अन्तरक्रिया, सेवा प्रवाह र चुनौतीबारे छलफल

जैसमोहम्मद खान 73+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तहका कार्यक्रमहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव दिपक ढकालले संघीयतामा स्थानीय सरकार सबैभन्दा शक्तिशाली रहेको बताउँदै, जनतालाई विश्वसनीय र जनमुखी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारको व्यवहारले नै समग्र सरकारको अनुहार झल्काउने विचार व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले सङ्घीय मन्त्रालयबाट समयमै निर्देशन नआउँदा काममा अलमल हुने गरेको गुनासो गर्नुभयो। उहाँले गत आर्थिक वर्षमा पालिकाले चालुतर्फ ९६.४ प्रतिशत र पुँजीगततर्फ ७१.१७ प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो । साथै, उहाँले कर्मचारी दरबन्दी अभाव, योजना कार्यान्वयनमा कानुनी अड्चन, अख्तियारमा पर्ने उजुरी र नदीजन्य पदार्थको ठेक्का लगायतका चुनौतीहरू अझै कायम रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, विभिन्न वडाका वडाध्यक्षहरू तथा शाखा प्रमुखहरूले पालिकाका समस्या र चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार