मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

शून्य बचत खाता बापतको विमा रकम दुई बर्षपछि मात्र

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

मुगु । एनआईसी एसिया बैंकले दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्यबचत खाता खोलेका बचतकर्ताको दुर्घटना बिमा बापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ वचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाँउका गोर्खसिंह खड्काकी श्रीमती मायादेबी खड्कालाई एनआईसी एसिया बैंक मुगु शाखाले दुर्घटना बिमाको १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाउँका ३८ वर्षीय खड्काले ०७९ जेठ २६ गते एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ वचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका थिए । बैकले खाता खोल्ने आफना ग्राहककालागी १० लाख बराबरको दुर्घटना बिमाको योजना ल्याएको थिए । खड्काको ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो । 

उक्त योजनामा खाता खोलेका खड्काको दुर्घटनामा परी मृत्यु भएकाले उनको श्रीमतीलाई १० लाखको चेक हस्तान्तरण गरेको एनआईसी एसिया बैंक मुगु शाखाका प्रबन्धक बिश्वराज बुढाले बताए । आफना श्रीमानले बैकमा खाता खोलेको आफुलाई जानकारी थिएन । ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो ।  

बैकले आफुलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त रकम सोही बैकमा मुद्धतिमा राखेर त्यसबाट आएको ब्याजले छोराछोरीको पढाइमा खर्च गर्ने खड्काकी श्रीमती मायादेबीले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार