अर्घाखाँची । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड ६ घण्टा बन्द हुने भएको छ। सडक मर्मत तथा स्तरोन्नतिको लागि भोलि बुधबारदेखि मङ्सिर १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने शिवपुर सडक डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो । शितगङ्गा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत कार्य गरिनेछ । पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्मको सडकको लम्बाइ ६८ किलोमिटर छ। यस सडकको चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको डिभिजन प्रमुख कोइरालाले बताए । सडक मर्मत कार्यले यस क्षेत्रका बासिन्दालाई केही समय असहज भए पनि दीर्घकालीन रूपमा राम्रो सडक सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।