मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रशिक्षणका लागि राष्ट्रिय महिला क्रिकेट टिम भैरहवामा, क्रिकेट संघद्वारा स्वागत

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

भैरहवा । बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भैरहवा आएको छ । शनिबार उक्त टोली भैरहवा आएको हो । महिला क्रिकेट टोलीलाई रुपन्देही क्रिकेट संघ (कार)ले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेको छ । आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टिम भैरहवामा आएको रुपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाँणले जानकारी दिए ।

महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एशिया क्षेत्र छनोट खेल हुँदैछ । यसको तयारी स्वरुप यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ । दोस्रो चरणमा भैरहवामा बन्द प्रशिक्षण हुन लागेको नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासले बताए ।

संघका कोषाध्यक्ष खाँणका अनुसार २६ सदस्यीय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भैरहवा आएका हुन् । ‘हामीले खेलाडीको हौसलाका लागि विमानस्थलमा गएर स्वागत गरेका हौं’, उनले भने, ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भएको थियो । लगत्तै महिला टिमको बन्द प्रशिक्षण हुँदैछ । यो यस क्षेत्रका लागि सकारात्मक सन्देश हो ।’

उक्त टिमको आइतबारदेखि बैशाख १७ गतेसम्म भैरहवामा बन्द प्रशिक्षण चल्नेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणपछि नेपाली टिम थाइल्याण्ड प्रस्थान गर्नेछ । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रुपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । ‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ’, उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ ।’

इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिमले १८ दिन भैरहवामा प्रशिक्षण लिनेछ । महिला राष्ट्रिय क्रिकेट टिमको स्वागतका लागि संघका अध्यक्ष थापासहित, उपाध्यक्ष धीरज अधिकारी क्षेत्री, कोषाध्यक्ष खाँण लगायत कार्यसमितिका सदस्यहरु गौतमबुद्ध विमानस्थल पुगेका थिए । क्रिकेट खेलाडीहरुलाई खादामालाले स्वागत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार